आधार शिविरबाट फर्केका १२ जनामा पोजिटिभ

  • खबरदाता
  • बैशाख २५, २०७८

बैशाख २४ ,२०७८

हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै संक्रमितको संख्या २१ पुगेको हो ।

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बुधवार दुई तथा बिहीवार र शुक्रवार चाररचार जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

तीमध्ये कोरोना संक्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ । अन्य आठलार्ई होम आइसोलेशनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एकरएक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौं र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए।

लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना संक्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन । रासस

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८