• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा कोरोना संक्रमितले गरे आत्महत्या

  • खबरदाता

चितवनमा कोरोना संक्रमितले गरे आत्महत्या

बैशाख २३,२०७८

चितवन – चितवनमा कोरोना संक्रमीत एक पुरुषले आत्महत्या गरेका छन।

चितवनको माडी नगरपालिकामा – ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरको कोठामा बिहीवार बिहान ७:३० बजे आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ ।

बैशाख १५ गते भारतबाट आएका उनले २१ गते कोरोना परीक्षणका लागि बघौडा अस्पतालमा स्वाब दिएका थिए । २२ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा नै बस्दै आएका थिए ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २३, २०७८, बिहीवार ०५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८