बैशाख २२,२०७८
चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४६ पुरुष ४२ महिला गरि ८८ जना रहेका छन । यस्तै रत्ननगरका ३ महिला ६ पुरुष ,खैरहनिका २ पुरुष ,कालिकाका १ पुरुष र माडिका ३ पुरुष गरि चितवनका १०२ जना रहेका छन।
गैंडाकोटका २ महिला १० पुरुष , बिनय त्रिबेणिका , कावासोती,मध्यबिन्दुला ६ जना छन भने गोरखा,नुवाकोट ,पर्बत ,काठमाडौं र बाराका १७ समेत गरि जम्मा १३० जनाको रिपोर्ट पनि पोजेटिभ आएको हो।
संक्रमितहरु ६ देखि ८१ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट संकलन गरिएका २२४ नमूनाको मंगलबार गरिएको परिक्षणमा ९४ वटा नेगेटिभ र १३० नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८