• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सिएमसिमा थपिएका १९६ मध्ये १३७ चितवनका

  • खबरदाता

सिएमसिमा थपिएका १९६ मध्ये १३७ चितवनका

बैशाख २१,२०७८

चितवन । चितवन मेडिकल कलेजकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

डा. अनुप पौडेलका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ६८ पुरुष ३७ महिला गरि १०५ जना रहेका छन । यस्तै रत्ननगरका ४ महिला १२ पुरुष ,खैरहनिका ४ महिला ४ पुरुष ,कालिकाका १ महिला २ पुरुष , राप्तीका १ पुरुष र माडिका १ महिला ३ पुरुष गरि चितवन १०५ जना रहेका छन।

गैंडाकोटका १२ महिला र १० पुरुष गरि २२ जनालो रिपोर्ट पनि पोजेटिभ आएको हो। र गोरखा,देबघाट,पर्बत ,काठमाडौ ,धादिङ ,कालिकोट ,लम्जुङ , बारा,पर्सा,मकवानपुर ,काठमाडौं ,धनुषा ,कंचनपुर लगायतका जिल्लाका अन्य ३७ जनामा पनि संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु ५ देखि ८८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशालाबाट संकलन गरिएका २६४ नमूनाको सोमबार गरिएको परिक्षणमा ६८ वटा नेगेटिभ र १९६ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २१, २०७८, मंगलवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८