• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

५५ को मृत्यु, चितवनका २३३ सहित ७६६० थपिए

  • खवरदाता

५५ को मृत्यु, चितवनका २३३ सहित ७६६० थपिए

वैशाख–२१, २०७८

चितवन । पछिल्लो २४ घन्टामा १ हजार ७७५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८७ हजार ७९० रहेको छ । यो ८२ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

देश भर १६ हजार १३१ जनाको पिसिआर परिक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परिक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २३३ र उपत्यकाका ३८९३ जना रहेका छन् ।

आज थप ५५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २५३ छ ।

  • प्रकाशित मिति : वैशाख २१, २०७८, मंगलवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८