जेल मुक्त गरिदिएकोमा रास्ट्रपतिलाई धन्यवाद : अमिक सेरचन

  • खबरदाता
  • बैशाख २१, २०७८

बैशाख २१,२०७८
गण्डकी प्रदेशका तत्कालीन प्रदेश प्रमुख अमिक सेरचनले आफुलाइ पद मुक्त गरिएकोमा खुसीलागेको बताएका छन।पद मुक्त गरिदिएकोमा रास्ट्रपतिलाई समेत उनले धन्यवादको पात्र बनाए।

आफुलाइ बिना अधिकारको पदमा बसिरहदा जेलमा बसेजस्तै भएको र सोमबार बाट जेल मुक्त भएजस्तो महसुस भएको उनको भनाइ थियो।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

उनले आफू कहिले पनि पदको लोभ र लालचमा नलागेको बताए। कुनै समयमा रास्ट्रपति र प्रधानमन्त्रीको प्रस्ताव आउँदा समेत आफुले अस्वीकार गरेको उनको भनाइ थियो।
पुर्ब रास्ट्रपति डा। रामबरण यादब पछी आफुलाइ रास्ट्रपति बन्ने प्रस्ताब आएको र क। मनमोहन अधिकारोको निधन पछी पार्टी अध्यक्षको प्रस्ताब आएको र त्यो आफुले लिन अस्वीकार गएको उनको दाबी थियो।

उनले भने आफू माओवाद र लेलिनवाद प्रती आस्थावान कार्यकर्ता भएकोले कुनै पदको लालचा गरिन।
पन्चायत काल देखि गणतन्त्रकाल सम्म देशलाई नोक्सानि हुने गरि गरिएका सबै सन्धिहरुको आफू बिरोधिनै रहेको र त्यसको विपक्षमा सधै लडिरहेको उनले बताए ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताए ।

सोमबार बसेको मन्त्री परिषदको बैठकले गण्डकी प्रदेशमा सेरचनलाई हटाएर एमालेकि सिता पौडेललाई नियुक्त गरेको थियो।

  • खबरदाता
  • प्रकाशित मिति:बैशाख २१, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८