चितवनमा फेरि थपिए ८० कोरोना संक्रमीत

  • खबरदाता
  • बैशाख २१, २०७८

बैशाख २१,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३५ पुरुष र ३२ महिला गरि ६७ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला र ३ पुरुष ,खैरहनिका १ महिला ,कालिकाका ४महिला र १ पुरुष र राप्तीका २ मगिला गरि चितवनका ८० जना रहेका छन।

गैंडाकोटका ३ महिला र १ पुरुष,गोरखा,देबघाट,पर्बत ,काठमाडौ ,धादिङ ,कालिकोट र बाराका ५ पुरुष र ३ महिला समेय गरि जम्मा ९२ जनाको रिपोर्ट पनि पोजेटिभ आएको हो।

संक्रमितहरु १२ देखि ६९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका १७९ नमूनाको सोमबार गरिएको परिक्षणमा ८७ वटा नेगेटिभ र ९२ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८