आज झन धेरै :थपिए ७४४८ ,मृत्यु ३७ जना

  • खबरदाता
  • बैशाख २०, २०७८

 

वैशाख २०,२०७८

चितवन । पछिल्लो एक दिनमा २०२१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार ०१५ रहेको छ । यो ८३ दशमलव ३ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ७४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

देश भर १६६५८ जनाको पिसिआर परिक्षण गर्दा ७३८८ र ५१८ जनाको एन्टिजेन परिक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १६६ र काठमाडौं उपत्यकाका ३५९५ जना रहेका छन्।

आज थप ३७ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३६३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५४ हजार ४२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २१२ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८