• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

निषेधाज्ञामा थप कडाइ गरिन्छ :प्रधानमन्त्री ओली

  • खबरदाता

निषेधाज्ञामा थप कडाइ गरिन्छ :प्रधानमन्त्री ओली

बैशाख २०,२०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा भइरहेको निषेधाज्ञालाई थप कडाइ गरिने बताएका छन। सोमबार देश बासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको कारणले देश र जनताले दुख पाएको उनको भनाइ थियो। ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको र यसै अवस्थामा चेन ब्रेक गर्न केही समय बन्दाबदी जरुरी रहेको उनले बताए।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको  बताए ।

ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै  २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि  बताए ।

  • प्रकाशित मिति : वैशाख २०, २०७८, सोमवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८