• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिशुलीमा पौडी खेल्दा बेपत्ता युवकको शब भेटियो

  • खबरदाता

त्रिशुलीमा पौडी खेल्दा बेपत्ता युवकको शब भेटियो

बैशाख २०,२०७८

चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । सिन्धुलिको गोलन्जर गाउँपालिका -४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा स्थित त्रिशुली नदीमा बैशाख १७ गते दिउँसो पौडी खल्ने क्रममा बेपत्ता भएका थिए ।

खोजी कार्य जारी राखेको प्रहरीले सोमबार १२:१० बजेको समयमा सोही स्थान भन्दा ६ सय मिटर तल शब फेला पारेको हो।

प्रहरी र स्थानियको सहयोगमा उक्त शब बाहिर निकाली निजले काम गर्दै आएको पुजा होटलको साहु र सँगै गएका साथीहरुको रहोबरमा सनाखत गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २०, २०७८, सोमवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८