बैशाख २०,२०७८
चितवन । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ११ र रत्ननगरका २ पुरुष रहेका छन।
यस्तै कपिलवस्तुका १ महिला ,पर्सा २,बाजुरा १,बाके १,नवलपरासी १,कैलाली १,रुपन्देही २,कालिकोट १,दाङ २,कंचनपुरका १ जना रहेका छन।
मकवानपुर , मोरङ ,सुन्सरी र बाराका पनि १र१ जना गरि ४ सहित जम्मा ३२ जना संक्रमीत भएका हुन।
संक्रमितहरु १५ देखि ६९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
क्यान्सर अस्पतालबाट संकलन गरिएका १६० नमूनाको आइतबार गरिएको परिक्षणमा १२८ वटा नेगेटिभ र ३२ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८