वैशाख २०,२०७८
चितवन । नेकपा एमालेका नेता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमतकै आधारमा मुख्यमन्त्रीको दावी भएको बताएका छन् । उनले सोहि अनुसार अन्य नियुक्तीहरुपनि गरिएको दावी गरेका हुन् ।
आफु मुख्यमन्त्री नियुक्त भैसकेपछि उठेको विवादको साबधान पनि कानून अनुसारनै हुने उनले बताएका छन् । बहुमत प्राप्त जुनसुकै दललाई पनि सरकार गठनगर्ने अधिकार रहेको उनको भनाई छ ।
आईतवार विहान मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेलले एकाएक दिउँसो पुन मुख्यमन्त्रीको नियुक्ती लिदै साँझ सपथ खाएका थिए । तर प्रतिपक्षिदल नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतले पोखरेलसंग बहुमत नरहेको भन्दै मुख्यमन्त्रीको सपथ गर्न र नगराउन माग गर्दै दिनैभर धर्ना र नारावाजी गरेका थिए ।
एक पटक बहुमत गुमाईसकेका पोखरेललाई पुन नियुक्ति गरिएकोमा कांग्रैसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कडा प्रतिवाद गर्दै वक्तव्य जारी गरि त्यसको विरोद गरेका थिए ।
विमला कुमारी खत्रीले फाल्गुण २३ गतेको फैसलापछि एमालेको तर्फबाटनै प्रदेश सभा दलमा सहभागिता जनाउँदै आएको र उक्त विवरण पहिलेनै प्रदेश सभामा दर्ता भैसकेको पोखरेलको दावी छ । उनले भनेका छन् ‘अहिले आएर खत्रीले माओवादी केन्द्र रोजेको भनेर प्रचार गर्नु कानून विपरित हुनेछ ।’
उनले यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजी पुर्ण सहभागिता देखिनु अत्यन्तै दुःखद भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेलले भनेका छन् ‘चर्चामा ल्याईएका अन्य सांसदहरुपनि एमाले दलको बैठकमा सहभागी भएर सरकारमा दावी गर्ने निर्णय समेत भएको हो ।’ सुर्य चिन्हबाट चुनाव लडेका वहाँहरुको सर्मथन कानूनी रुपमा समेत एमाले दललाईनै हुने उनको भनाई छ ।
अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मंचनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको हो । वहुमत प्राप्त दललाई सरकार संचालनको संवैधानिक दायित्व रहन्छ उनले भनेका छन् ।
संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय हो ।
यता एमाले र माओवादी एकिकरण भएर बनेको नेकपाबाट सुर्य चिन्ह लिई चुनाव लडेका सभासदहरको राजनितिक दल कुन हुने भन्ने सम्बन्धमा अहिले सम्म विवादमै रहेको पाईन्छ । सम्बन्धित प्रतिनिधीलाईनै एमाले वा माओवादी रोज्न दिनुपर्ने निर्णय एक पक्षको तर्क छ भने सुर्य चिन्ह एमालेको भएकाले ति सबै प्रतिनिधी एमाले भित्रै गणना हुने अर्को पक्षको दावी रहँदै आएको छ ।
यस सम्बन्धि मुद्धा अहिलेपनि अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८