• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट १ लाख बढी राजस्व संकलन

  • खबरदाता

चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट १ लाख बढी राजस्व संकलन

बैशाख १९,२०७८
चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन भएको छ ।

निषेधाज्ञाको तेस्रो दिन आइतबार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले ६२७ सवारी साधानलाई कार्बाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरिले  दिएको जानकारी अनुसार ६२७ सवारी साधनलाई होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती हिड्ने १ हजार ९९० जना मानिसलाई पनि प्रहरीले सम्झाइ बुझाइ गरि छाडेको छ ।

कार्बाही गरिएका सवारी साधनबाट प्रहरीले १ लाख ७ हजार २१०रुपैयाँ जरिवाना पनि असुलउपर गरेको छ । यस्तै बिना मास्क हिड्ने १०३ जनालाई निशुल्क मास्क समेत वितरण गरेको जनाइएको छ ।

नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएका सबै सवारी साधनलाई साझ ५ बजे छोडिएको थियो।

  • प्रकाशित मिति : वैशाख १९, २०७८, आइतवार १४:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८