• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

खत्रीका कारण शंकर पोखरेल चिप्लिए

  • खबरदाता

खत्रीका कारण शंकर पोखरेल चिप्लिए

बैशाख १९,२०७८

लुम्बिनी प्रदेश सांसद विमला कुमारी खत्री माओवादीमा प्रवेश गरेकी छिन् । खत्री माओवादीमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।

एकल पार्टीको बहुमतमा सरकार बनाउने दाउ कसेर मुख्यमन्त्री पदबाट राजिनामा दिएका शंकर पोखरेल पनि खत्र माओवादीमा प्रवेश गरेपछि तनाबमा परेका छन् । खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ।

विमला कुमारी खत्रीले दाङको प्रदेशसभा ३ ९ख०बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

एक जना सांसद मावोबादि तिर गएको सुइँको पाएपछि नयाँ सरकार गठनमा झमेला हुने देखेर प्रदेशसभाको विशेष अधिबेशन अन्त्य गरेका हुन।बैठक आज दिउँसो २ बजेलाई राखिएको थियो।

  • प्रकाशित मिति : वैशाख १९, २०७८, आइतवार ०७:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८