• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

  • खबरदाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

 

बैशाख १९,२०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन।

नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन। उनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।

उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।

  • प्रकाशित मिति : वैशाख १९, २०७८, आइतवार ०३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८