बैशाख १८,२०७८
चितवन । निषेधाज्ञाको दोस्रो दिन सनिवार चितवनमा ८४१ सवारी साधानलाई कार्बाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ८४१ सवारी साधनलाई निषेधाज्ञा उलंघन गरेको भन्दै होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती हिड्ने २ हजार ५८२ जना मानिसलाई पनि प्रहरीले सम्झाइ बुझाइ गरि छाडेको थियो।
कार्बाही गरिएका सवारी साधनबाट प्रहरीले ७२ हजार ९ सय जरिवाना पनि असुलउपर गरेको छ । यस्तै बिना मास्क हिड्ने ५० जनालाई निशुल्क मास्क समेत वितरण गरेको प्रहरीले भनेको छ ।
नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएका सबै सवारी साधनलाई साझ ५ बजे छाडिएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८