पोखरीमा डुबेर माडिमा एक बालकको मृत्यु

  • खबरदाता
  • बैशाख १८, २०७८

बैशाख १८,२०७८

चितवन – आफ्नै घर नजिकैको पोखरीमा डुबेर एक वर्षिय बालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ५ राधापुरका सुरेश दराईका एक वर्षीय छोरा सुसन दराईको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ४स्४० बजे तिर आफ्नै घर नजिकै सिचाईको लागी बनाईएको पोखरीमा डुबेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घरमा खेलिरहेको अवस्थामा उनी अचानक नजिकैको पोखरीमा डुबेका प्रहरीले जनाएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८