• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

५७ सय धेरैमा संक्रमण , ३३ को मृत्यु

  • खबरदाता

५७ सय धेरैमा संक्रमण , ३३ को मृत्यु

वैशाख १७,२०७८

चितवन । पछिल्लो एक दिनमा ९२८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८१ हजार ९५ रहेको छ । यो ८६ दशमलव ९ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

देश भर १५३९१ जनाको पिसिआर परिक्षण गर्दा ५६५७ र ५२५ जनाको एन्टिजेन परिक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ११२ र काठमाडौं उपत्यकाका २४०४ जना रहेका छन्।

आज थप ३३ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार २७९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५५ छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८