• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

सरकारले भन्यो : चितवन लगायत २२ जिल्लामा डरलाग्दो अवस्था , उपचार गर्नै हम्मे हम्मे

  • खबरदाता

सरकारले भन्यो : चितवन लगायत २२ जिल्लामा डरलाग्दो अवस्था , उपचार गर्नै हम्मे हम्मे

बैशाख १७,२०७८

चितवन – स्वास्थ्य मन्त्रालयले देशका विभिन्न २२ वटा जिल्लाहरुमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिइरहेको जनाएको छ ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको अपिलमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको बताएका हुन् ।

यी जिल्लाहरुमा संक्रमण दर यसरीनै फैलने हो भने अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन समेत नसकिने अवस्था आइसकेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालनामा सबै पक्षलाई अपिल गरेको हो।

सरकारले अपनाएका जनस्वास्थ्यका मापदण्डहरु ९मास्क लगाउने , भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने ० नै प्रमुख र उत्तम उपायहरु भएको जनाएको छ। कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन हुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ।’

मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको यो अवस्थामा सबैलाई संवेदनशील बनिदिन अपील गरेको छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार ०९:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८