• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवन राष्ट्रिय निकुञ्जमा अर्को गैंडा मर्‍यो

  • खबरदाता

चितवन राष्ट्रिय निकुञ्जमा अर्को गैंडा मर्‍यो

बैशाख १७,२०७८

चितवन राष्ट्रिय निकुञ्जमा अर्को एक गैंडा मरेको छ ।

निकुञ्जका सुचाना अधिकारी लोकेन्द्र अधिकारिका अनुसार निकुन्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा उक्त गैंडा मृत अबस्थामा फेला परेको हो।अन्दाजी ३० बर्षको मृत भाले गैडाको खाग र खुर सुरक्षित रहेको छ ।

उक्त गैडा निकुन्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरेको र प्रारम्भिक परिक्षणको आधारमा गैडा प्राकृतिक कारणले मृत्यु भएको अनुमान गरिएको गरिएको समेत अधिकारीले बताए ।

यस आर्थिक बर्षको हाल सम्म ३१ गैडा को मृत्यु भएको छ । ती मध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेका हुन। हालै मात्र सम्पन्न गैंडा गणनाको तथ्यांकमा निकुन्जमा ६९४ गैडा रहेको बताइएको छ । त्यसमा पनि सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैडाको बसोबास रहदै आएको छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार ०७:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८