आज ३५ जनाको मृत्यु , ४९२८ थपिए

  • खवरदाता
  • बैशाख १६, २०७८

वैशाख–१६, २०७८

चितवन । पछिल्लो २४ घन्टामा ८८८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८० हजार १६७ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

देश भर १२५९७ जनाको पिसिआर परिक्षण गर्दा ४८३१ र ९६३ जनाको एन्टिजेन परिक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३९ र उपत्यकाका १५६१ जना रहेका छन्।

आज थप ३५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३४ हजार ११७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६५ छ ।
हालसम्म नेपालमा २० लाख ९१ हजार ५१२ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८