• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा जनगणनाका कार्यक्रमलाइ तिव्रता

  • खबरदाता

चितवनमा जनगणनाका कार्यक्रमलाइ तिव्रता

बैशाख १३,२०७८
चितवन । स्थानीय जनगणना कार्यलय स्थापनापछि चितवनमा सचेतनाका कार्यक्रमलाइ तिव्र पारिएको छ । मेरो गणना मेरो सहभागीताको नारा सहित सुरु हुन लागेको १२ औँ राष्ट्रिय जनगणनालाई त्रुटिरहित बनाउन सचेतना कार्यक्रमलाई तिव्र पारिएको जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिए।

हरेक दश दश वर्षमा हुने गणनाको यो पटक घर तथा घर परिवार लगत सूचिकरण,मूख्य प्रश्नावली र सामूदायिक प्रश्नावली समेत समावेश भएकाले त्रुटि हुन नपाउने गरी कार्यक्रमलाई जोड दिइएको हो । गत वैशाख १ गते जिल्लामा सात वटा स्थानीय तहमा जनगणना कार्यलय स्थापना गरिएको थियो ।

त्यसपश्चात जिल्लाको राप्ती,रत्ननगर,कालिका र माडीमा यसअघिनै र आज गितानगरमा स्थानीय सचेतना कार्यक्रम गरिएको हो ।

आज भरतपुर महानगरपालिका ६ गितानगरमा रहेको स्थानीय जनगणना कार्यालयले कार्यक्रम सम्पन्न गरेको हो । यो कार्यालयले महानगरका ९ वटा वडा जसमा वडानम्वर ५,६,७,८,१३,१४,१५, र २२ र २३ हेर्ने गर्दछ ।
कार्यक्रममा भण्डारीले जनगणनामा जनप्रतिनिधिको भूमिका सहित १२ औँ जनगणनाको महत्व, यस पटक समावेश गरिएका प्रश्नावली, विधि र प्रकृयावारे जानकारी गराएका थिए ।

जिल्लामा २१० जना सुपरीवेक्षक र ८५७ जना गणक आवश्यक पर्नेमा सुपरीवेक्षकको नतिजा सार्वजनिक भइसकेको बताए । साथै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भएकाले जनगणना सफल बनाउन आग्रह समेत गरे।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतीवडाले महानगरमा तथ्यगत सूचना आउने गरी जनगणनाको काम अघि बढाउने बताए । खतीवडाकै अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका ६ का वडाअध्यक्ष हरिविलास कोइरालाको प्रमुख आतिथ्यता सहित जनप्रतिनिधि, प्रहरी, स्थानीयको सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : वैशाख १३, २०७८, सोमवार १२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८