बैशाख १३,२०७८
चितवन । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकताको भावना र आवश्यकतालाई केपी ओलीले सम्वोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भएको बताएका छन।
चितवनको भरतपुर बिमानस्थालमा सोमबार पत्रकारहरु संग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन। नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको उनको भनाई थियो । केपी ओलीले दम्भ र अहंकार छोड्नुपर्ने बताउँदै पछिल्ला प्रत्येक दिनहरुमा आउने अभिव्यक्तिमा दम्भ मिसिएकाले र यसले थप समस्या मात्रै दिने समाधान नदिने उनको भनाइ थियो।
कर्णालीमा पार्टीको ह्वीप उल्लघंन गर्नेहरुलाई गरिएको कारवाहीवारे बताउँदै नेता नेपालले प्राविधिक पक्षबाट ठिक जस्तो देखिएपनि समस्याको गहिराइमा पुगेर कारण पत्ता नलगाई गरिने यस्ता निर्णयले थप संकट मात्रै पैदा हुने उनले बताए । नेता कार्यकर्ता असन्तुष्ट छन् भन्ने संकेत कर्णालीबाट आएको भन्दै लोकतन्त्रमा दम्भ अहंकारले कुनै निकास नदिने र यो कारणले पनि केपी शर्मा ओली परिबर्तन हुनु पर्ने सुझाव थियो ।
कारवाही मात्रै समाधान हो भन्ने सोचियो भने त्यसले गम्भिर दुर्घटना गराउने भन्दै नेपालले फागुन २३ को निर्णय सच्चियो र २०७५ जेठ २ गतेमा केपी शर्मा ओली फर्किए भने तुरुन्तै पार्टी एक हुने र थप बलियो बन्ने नेपालको भनाई थियो । आफूहरुले कुनै पनि पार्टी नखोलेको र नेता कार्यकर्तालाई नेकपा एमालेबाट वाहिर जान पनि नदिने उनको दाबी थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८