• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका ३० सहित थप ४७ जना पोजेटिभ

  • खबरदाता

चितवनका ३० सहित थप ४७ जना पोजेटिभ

 

बैशाख १३,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १२ पुरुष र १२ महिला गरि २४ जना रहेका छन । यस्तै रत्ननगरका १ महिला ,माडिका १ महिला र कालिकाका ३ पुरुष र १ महिला गरि ३० जना रहेका छन ।यस्तै अन्य संक्रमीत हुनेहरुमा गैंडाकोटका १ पुरुष र ४ महिला ,कावासोतीका १ पुरुष र ३ महिला ,देबचुलीका १ महिला र १ पुरुष ,मध्रीबिन्दुका १ पुरुष रहेका छन।

बाग्लुङ ,लमजुङ ,झापाका १र१ पुरुष गरि ३ जना र रुपन्देही ,गोरखा र रुकुमका १र१ महिला गरि ६ जनाको पनि रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितहरु ५ देखि ७२ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका नमूनाको आइतबार परिक्षण गरिएका १४० वटा नमूना मध्ये ९३ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ४७ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

  • प्रकाशित मिति : वैशाख १३, २०७८, सोमवार ००:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८