बैशाख १२,२०७८
भरतपुर महानगरपालिका–२१ को कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृतक भरतपुर महानगरपालिका घर भएकि बर्ष ४६ कि गिता गुरुङ भएको चितवन प्रहरीले जनाएको छ ।
कान्छि चोकबाट पार्वतीपुर जादै गरेको ना ७ ख ८११९ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने टिपर र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८