• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

ठिमुरा पुलबाट मजदुर खस्दा १ को मृत्यु २ बेपत्ता , कार्तिक सम्मलाई निर्माण बन्द

  • खबरदाता

ठिमुरा पुलबाट मजदुर खस्दा १ को मृत्यु २ बेपत्ता , कार्तिक सम्मलाई निर्माण बन्द

 

बैशाख १२,२०७८

चितवन । चितवन र तनहुँलाई जोड्नेगरी बनिरहेको पुलबाट खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना हराइरहेका छन। निर्माण गर्ने क्रममा पुलबाट खस्दा फलामले च्यापिएर एक जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुने भारत घर भइ जलप नेपाल कम्पनीमा काम गर्ने बर्ष ४३ का बिजय यादव रहेका छन। उनको उपचारका क्रममा मृत्यु भएको हो।

काम गरिरहेको अबस्थामा ११ जना मजदुर पुलबाट नदीमा खसेका थिए। नदिबाट उद्धार गरिएका मध्ये ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रहरी निरीक्षक देबराज काफ्लेले जानकारी दिए।

उक्त घट्ना आइतबार बिहान ९ बजेतिर भएको थियो ।पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए।

गत चैत २४ गते निर्माण भइरहेक पुल अचानक भाँचिएर नदीमा खसेको थियो। पुल खसेको केहि दिन पछी पुन निर्माण कार्य सुरु गरिएको थियो। आइतबार भएको घट्ना पछी पुल निर्माण कार्य यो सिजलाइ बन्द गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि तारा प्रसाद पौडेलका अनुसार अबाउदो कार्तिकबाट मात्र पुन निर्माण कार्य सुरु गरिने छ । कसरी पुल यो अबस्थामा पुग्यो सबै कुरा फाइनल भएपछी आउदो सिजन बाट निर्माण कार्य सुरु गरिने छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०७८, आइतवार ०८:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८