• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

मोबाइल आयात दोब्बर ,२९ करोडको भित्रियो

  • खबरदाता

मोबाइल आयात दोब्बर ,२९ करोडको भित्रियो

बैशाख  १२,२०७८
आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल फोनको आयात दोब्बरले बढेकोमा चालू आवको नवौं महीनासम्ममा व्यवसायमा कमी आएको छैन ।

चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा रू. २९ करोड ६९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बर बढी हो । अघिल्लो आवको यही अवधिमा रू . १४ अर्ब ६२ करोडको मोबाइल फोन भित्रिएको थियो ।

यस अवधिमा नेपालमा ५८ लाख ७१ हजार सेट मोबाइल भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २० लाखभन्दा बढी हो, आव २०७६/७७ को चैतसम्ममा ३८ लाख ४७ हजार सेट मोबाइल आयात भएको थियो । गत आर्थिक वर्षमा सरकारले बजेटमार्फत मोबाइल फोन आयातमा गरेको केही सहजताका कारण बढेको हो । तर, कोरोना शुरू भएर २०७६ चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी भएपछि व्यवसायीहरू चिन्तित भएका थिए । तर, बन्दाबन्दी खुकुलो भएपछि असारदेखि नै मोबाइलको माग ह्वात्तै बढेपछि अन्य क्षेत्रको तुलनामा यो क्षेत्रले गति लिएको हो ।

नेपाल मोबाइल फोन आपूर्ति संघका उपाध्यक्ष सञ्जय अग्रवालका अनुसार कोरोनाले मानिसहरूको जीवनशैली बदलेर डिजिटल व्यवहारलाई प्रवद्र्धन गरेपछि मोबाइल ग्याजेटप्रति आकर्षण बढेको हो । अनलाइन काम, पढाइदेखि बन्दाबन्दीका कारण समय कटाउन धेरै समय मोबाइलमा बिताउने चलन बढेपछि मोबाइल फोनको विक्री ≈वात्तै बढेको थियो ।

‘कोरोनाका असर अहिले पनि उस्तै छ, र हामीले भौतिक उपस्थितिभन्दा डिजिटल जीवनशैली अहिलेको समयमा उपयुक्त भएकाले माग उस्तै छ,’ उनले भने ।

यस अवधिमा समग्र मोबाइल ग्याजेटको माग ह्वात्तै बढेको देखिन्छ । बन्दाबन्दीलगत्तै हवाई चार्टर गरी सामान ल्याउनु परेको भन्दै व्यवसायीले सामान्यतया सबै ल्यापटपमा १० हजारसम्म मूल्य वृद्धि गरेका थिए । अझै ल्यापटपको माग घटेको देखिँदैन । विभागका अनुसार अघिल्लो आवको पहिलो ९ महीनामा रू. ४ अर्ब ४२ करोड बराबरको १ लाख ४२ हजार थान ल्यापटप आयात भएको थियो । यस वर्ष रू. ६ करोड ६० लाख थान ल्यापटप आयात भएको छ ।

मंसिरपछि प्रायः सबै विद्यालय, कलेज तथा कार्यालयहरू खुलेपछि ल्यापटपको माग घटेकोमा चैतयता पुनः माग बढेको मोबाइल फोन विक्रेताहरू बताउँछन् ।

‘फेरि अनलाइन पढाइ शुरू हुन थालेकाले पुनः माग पहिलेजस्तै बढेको छ,’ ताम्राकार मोबाइल कम्प्लेक्सस्थित मोबाइल रिपेयर सेन्टरका सञ्चालक रघुनाथ लामिछानेले बताए । गतवर्ष साउनयता मोबाइल फोनको माग भने कहिल्यै नघटेको जानकारी उनले दिए ।

  • प्रकाशित मिति : वैशाख १२, २०७८, आइतवार ००:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८