• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तपाईंको मास्क खोइ ?


तपाईंको मास्क खोइ ?

बैशाख ११,२०७८- केपी शर्मा

चितवन । तपाईं कतै जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस , तपाईंले मास्क लगाउनु भएको छ कि छैन ! नत्र तपाईंलाई प्रहरीले चोक चोकमा रोक्नेछन र सोध्ने छन ,तपाईको मास्क खोइ ? सोधेर मात्र तपाईंले उम्कन पाउनु हुने छैन । कतैबाट जुन कुनै हालतमा पनि मास्क लगाएमात्र उक्त स्थानबाट छुट्कारा पाउनु हुनेछ ।

यो अभियान हो जिल्ला प्रहरी कार्यालय चितवनको । जिल्लाका मुख्य बजारहरुका मुख्य चोकमा हातमा प्लेकार्ड बोकेका प्रहरीले तपाईले मास्क लगाएको नलगाएको निगरानी गर्दैछन।

सुरुका केहि दिन प्रहरीले सबैलाई सम्झाउने छन। उप्रान्त मास्क नलगाए बापत तपाईले जरिवाना तिर्नु पर्ने छ । चौबीसकोठि , पुल्चोक , सहिदचोक , हाकिमचौक लगायतका स्थानमा प्रहरीलाई खटाइएको छ ।

साथै टाँडि, पर्सा , माडि, मुग्लिङ लगायत भिडभाड हुने सबै स्थानमा यो कामको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देबराज काफ्लेले बताए।

काफ्लेका अनुसार प्रहरीले पहिला तपाईको मास्क खोइ ? भनेर प्लेकार्ड देखाउछ अनि फर्किनहोस या मास्क लगाउनुहोस भनेर सम्झाउने छ । नजिकै मास्क किन्न सम्भब नभए या किन्न सक्ने अबस्थाको नभए प्रहरीले एउटा मास्क दिने छ । तर प्रहरीसंग बिबाद गरेमा १०० रुपैयाँ जरिवाना या अभद्र ब्यबहारको मुद्दा समेत चलाइने छ ।

शुक्रबार मात्रै जिल्लाका विभिन्न स्थानमा बिना मास्क हिड्ने ४ हजार ४४३ जनालाई सम्झाइ बुझाइ गरिएको र ७ सय ५७ जनालाई निशुल्क मास्क बितरण गरिएको काफ्लेले जानकारी दिए।

पछील्लो समय चितवन लगायत देशैभर कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढीरहेको छ । सरकारले सार्बजनिक स्थानमा २५ जना भन्दा धेरै उपस्थिति नहुन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना प्रकाशि गर्दै सर्बसाधारणलाई नियमको पालना गर्न र सुरक्षित रहन आग्रह गरेको छ ।

प्रहरीले यस्ता सतर्कताका अभियान चालाए पनि सरकार र राजनैतिक दलका नेता तथा कार्यकर्ताले यसको खिल्ली उडाइरहेका छन। केहि दिन अघि मात्र प्रधानमन्त्रीको निर्देशनमा चितवनको माडिमा हजारौंको संख्यामा सर्बसाधारण भेला गरि सितारामको मुर्ती राखिएको थियो।

  • प्रकाशित मिति : वैशाख ११, २०७८, शनिवार ०५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८