• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

माओवादी भित्र्याएर ओली गुटको स्थायी कमिटी गठन, महिला परेनन

  • खबरदाता

माओवादी भित्र्याएर ओली गुटको स्थायी कमिटी गठन, महिला परेनन

वैशाख १०, २०७८

नेकपा एमालेले ९ओली गुट०ले स्थायी कमिटी गठन गरेको छ । सो समुहको शुक्रबार बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर ओलीले स्थायी कमिटी गठन गरेका हुन । स्थायी कमिटीमा खनाल– नेपाल पक्षका नेतालाई भने पाखा लगाइएको छ । आज थप गरिएकाहरुमा एकजना महिला पनि परेका छैनन।

यी हुन स्थायी कमिटी सदस्यहरु

केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।

निकालिएका स्थायी कमिटी सदस्यहरु
झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएको छैन।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ०९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८