ओलीको मेरियट तुरुप , सके फकाउने नत्र तर्साउने

  • खबरदाता
  • बैशाख १०, २०७८

बैशाख १०,२०७८

करिब पाँच महिना देखि बिना सम्बाद रहेका एमालेका नेता केपी शर्मा ओली र माधब कुमार नेपाल बिच कुराकानी भएको छ ।

बुधबार र बिहिवार दुबै नेताबीच मेरियट होटेलमा सम्बाद भयो । बुधबार एक्कासि ओली र नेपाल बीचको सम्बाद हुने कुराले दुबै पक्षका तल्लो तहका कार्याकर्तामा खुसीयाली पनि छायो ।

बुधबारको सम्बादमा नेपालले केही सकारात्मक भएको संकेत गरेका थिए । करिब २ घन्टा भएको सम्बादमा नेपालले एमाले एक बनाउन पहल गर्न ओलीलाई अनुरोध गरेका थिए । सुरुमा ओली लगातार एक घन्टा आफै मात्र बोलेका थिए । त्यस पछी भएका दोहोरो सम्बादमा नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए ।

जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीले जवाफ दिएका थिए। निर्णयहरू यथावत् रहेको र गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन उनले नेपाललाइ आग्रह गरे । यति भन्दै अर्को पटक पुन छलफल गर्ने भन्दै दुबै नेता निस्के।

बिहिवार पनि छलफल हुने कुराले धेरैले एमाले अब फेरि एक हुने संकेत मिलेको अनुमान लगाए । तर बिहीवारको भेटपछी बुधबार थोरै आशावादी भएका नेपालले कुनै कुरा नमिलेको जनाए ।

बिहीबार दिउँसो वार्ता सकेर मेरियट होटलबाट बाहिरिदै नेता नेपालले हिजो अलि आशावादी सम्बाद भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताए।

कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भने।

नेपालका कुनै पनि मागमा ओली सहमत भएनन। बरु उल्टै ओलीले १० गतेको केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गरेका थिए। ओलीले बैठकमा आएमा निलम्बन फुकुवा गर्ने आश्वासन दिए। तर ओलीको प्रस्तावलाई नेपालले अस्वीकार गरे।

बुधबार र बिहिवारका बर्ताबाट ओलीले नेपालको अहिलेको भौतिक अबस्था बुझ्न् खोजेको प्रष्ट हुन्छ । उनले आम एमालेका कार्यकर्तालाई आफुले नेपालसंग बर्ता गरेको भनेर भ्रम छर्न यो नाटक गरेको बुझ्न सकिन्छ । भोलीका दिनमा ओलिले भन्ने छन मैले नेपालजिलाई एक्लै भेटेर मिलाउने प्रयास गरे तर सकिन।

त्यसो त बुधबार बर्ता गरेका ओलीले बल्खुमा पार्टी कार्यलय शिलान्यास गर्दै नेपालले अर्को पार्टी खोलेको समेत आरोप लगाउन भ्याए।

आजको बर्ता ताइनतुइ हाता लाग्यो दुई भएपछी नेता नेपाल आजनै प्रदेश न २ तिर हानिएका छन । अहिले नेपाल पक्षले आफ्नो समानान्तर गतिबिधिलाइ रफ्तारमा अगाडि बढाएको छ । त्यो रफ्तारले पनि ओलीलाई असहज भएको भने पक्कैनै छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८