• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

आजको पञ्चाङ्ग एवम् राशिफल


आजको पञ्चाङ्ग एवम् राशिफल

 युवा ज्योतिष पं. सागर गुरागाँई 

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७८ वैशाख १० गते शुक्रबार तद्अनुसार सन् २०२१ अप्रिल २३ तारिख चैत्र शुक्लपक्ष एकादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र वृद्धि योग वणि करण १ः५१ पर बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ । कामदा एकादशीव्रत ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
ग्रहगोचरको प्रभावस्वरुप विलासमा आकर्षण बढ्ला । आनन्द बढ्नेछ । खेलकूद भ्रमणमा रुचि रहला । शैक्षिक र रचनात्मक काममा प्रगति हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु प्राप्ति होला । दौडधुप भने जारी रहनेछ । व्यर्थको झन्झटबाट छुटकारा मिल्नेछ । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना छ । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिठो भोजन मिल्नेछ । आयस्रोत र समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीत–संगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
दायित्वमा सफलता मिल्नेछ । आफन्त सुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति हुनेछ । इष्टमित्रको साथ प्राप्त होला । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्व पनि प्राप्त हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापरेसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाइ काम गर्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु श्रेयष्कर रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शाान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा बृद्धि हुनेछ । मान महत्वमा बढोतरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तान सुख बढ्ला ।

आजको दिन शुभ रहोस । आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला ।

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ०१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८