• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

आजै थपिए २४२८ संक्रमित , ५ को मृत्यु

  • खबरदाता

आजै थपिए २४२८ संक्रमित , ५ को मृत्यु

वैशाख ९,२०७८

चितवन । पछिल्लो २४ घन्टामा २५२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७६ हजार ३४५ रहेको छ । यो ९४।६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ सय पुगेको छ ।

देश भर १०००१ जनाको पिसिआर परिक्षण गर्दा २३६५ र ४४७ जनाको एन्टिजेन परिक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये उपत्यका भित्रका ९८७ र चितवनका ३२ जना रहेका छन्।

आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ११७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८१ छ ।
हालसम्म नेपालमा १९ लाख ६६ हजार ५०६ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार ११:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८