अब राम सीता हेर्न माडीको अयोध्यापुरी जानु

  • खबरदाता
  • बैशाख ०८, २०७८

बैशाख ८,२०७८

चितवन । चितवन जिल्ला माडी नगरपालिकाको अयोध्यापुरीमा भगवान राम र सीताको मुर्ति स्थापना गरिएको छ ।

रामनवमीको अवसरमा आज भव्य समारोहका वीच काठमाण्डौबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका राम, सीता ,लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको हो। माडी ९ कृष्णनगर पार्कमा निर्माण गरिएको मन्दिरमा बाहिर हनुमानको र अन्य तीन वटा मूर्ति मन्दिरभित्र राखिएको छ ।

काठमाडौंबाट सो मुर्तिहरु मंगलबारनै देबघाट ल्याइएको थियो। रथ यत्रा गरि माडी पुर्‍याइदा देवघाट देखि माडी सम्मका स्थानीयले ठाउँ ठाउँमा भब्य स्वागत गरेका थिए ।

उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज समेत सहभागी थिए। उनले जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अयोध्या धाम व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरे ।उनले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भानुभक्त ढकालले राम माडीको अयोध्यापुरीमा जन्मिएको प्रमाण जुट्दै गएको र प्रमाणीत गर्नका लागि काम भइरहेको बताए । सरकारले डिपिआर नै निर्माण गरी बजेट उपलब्ध गराएर काम गर्ने भन्दै जनताको साथ आवश्यक रहेको उनको भनाइ थियो ।

राम सीता लगायतका मुर्तिहरुलाई बुधबार बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेक गरेर देवघाटबाट बिदाइ गरिएको थियो । चितवनको दासढुंगा नारायणगढ, चौविसकोठी, विकास चोक, पटिहानी हुँदै माडी पुगेको रथयात्राको टोलीलाई भव्य स्वागत गरिएको हो ।

कोरोना संक्रमणको जोखिम बढिरहदा भीडभाड नगर्न निर्णय गरेको सरकारका अधिकांस व्यक्तिहरु विना मास्क भीडमा रहेका थिए । रथयात्रामा सयौं मानिसहरु सहभागी भएका थिए ।

अहिले अस्थायी रुपमा राखिएका मूर्तिहरु राम मन्दिर निर्माणपछि स्थायी रुपमा प्राण प्रतिष्ठा गरिने भएको छ ।
बाँकी तस्वीरमा

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८