वैशाख ७, २०७७
चितवन । पछिल्लो २४ घन्टामा २५१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ८०६ सय रहेको छ । यो ९५.९ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
देश भर ८ हजार ५५ जनाको पिसिआर परिक्षण गर्दा १६६७ र ६८३ जनाको एन्टिजेन परिक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ३० जना रहेका छन्।
आज थप ११ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय २ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२ छ ।
हालसम्म नेपालमा १९ लाख ३८ हजार ६७९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८