• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवन एमालेमा २५१ सदस्य कमिटीे विस्तार

  • खवरदाता

चितवन एमालेमा २५१ सदस्य कमिटीे विस्तार

बैशाख ७,२०७८ – केपी शर्मा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल समूह) ले जिल्ला कमिटी विस्तार गरेको छ । सोमवार चितवनमा आयोजित एक कार्यक्रममा सो कमिटी विस्तारको घोषणा गरिएको हो ।

एमालेको केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा भएको जिल्ला कमिटीको १८औं बैठकले तेजेन्द्र बहादुर खड्को अध्यक्षतामा २५१ सदस्य जिल्ला कमिटी चयन गरेको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी र कृष्णराज लब्ली न्यौपाने रहेका छन् । यस्तै सचिवमा प्रकाश ढुंगानालाई सर्व सम्बत चयन भएका छन् । कमिटीको सह–सचिवमा कुलप्रसाद लामिछाने र दिव्या शर्मा आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा राजेन्द्रमणी काफ्ले, टिकादत्त तिमिल्सिना, यमलाल कंडेल, बलराम जिसी, हरि अधिकारी, सरस्वती लामा लगायतलाई चयन गरिएको छ ।

सम्पुर्ण २५१ सदस्य जिल्ला कमिटीले सोमवार नै सपथ ग्रहण गरिसकेका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टीको उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजक शाक्यले केपी ओलीको एकलौटी बादले सिङ्गो एमाले पार्टीलाई छिन्न भिन्न बनाउन खोजेको आरोप लगाईन । उनले भनिन, ‘ओलीले टुक्र्याउँदै गएको एमालेलाई हामी पछि पछि एक ढिक्का बनाउँदै अघि बढिरहेका छौ । आज विस्तार गरिएको जिल्ला कमिटीपनि त्यसैको उपज हो ।’

कार्यक्रममा प्रदेश कमिटी सदस्य केदार न्यौपाने लगायतले एमालेको भावी रणनितीको बारेमा प्रष्ट पारेका थिए ।

यस्तै सो पार्टीको १५५ सदस्य भरतपुर महानगर कमिटीपनि विस्तार गरिएको छ । कमिटीको अध्यक्षमा विष्णुराज महतो रहेका छन् । उपाध्यक्षमा टिका पोखरेल, सचिवमा रोहित सुबेदी र सह सचिवमा शोभा पण्डितलाई चयन गरेको छ ।

एमालेमा अहिले आन्तरिक द्धन्द चर्कदै जाँदा त्यसको असर वडा देखि जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म पुगेको छ । अहिले माधव नेपाल समूहको एमालेले देशका सातै प्रदेश र अधिकांश जिल्लाहरुमा समानान्तर कमिटी गठन गरिसकेको छ । सो समूहले पछिल्लो समय नगर र वडामा कमिटि विस्तारलाई तिब्रता दिएको छ ।

एमाले फुटको असर कर्णाली प्रदेशमा प्रष्ट रुपमा देखिएको छ । केपी ओली समूहले नेपाल समूहका अधिकांश नेता तथा कार्यकर्तालाई कार्वाही समेत गरेको जनाउँदै आएको छ ।

  • प्रकाशित मिति : वैशाख ७, २०७८, मंगलवार ०२:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८