• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

माडीमा नयाँ भवनबाट दुई प्रहरी चौकीको सेवा सुरु

  • खबरदाता

माडीमा नयाँ भवनबाट दुई प्रहरी चौकीको सेवा सुरु

बैशाख ६,२०७८

चितवन । चितवनको माडी नगरपालिकामा आज एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ मा दुईवटा सुविधा सम्पन्न भवनको निर्माण बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आज उद्घाटन गरेका हुन।

कार्यालय,ब्यारेक, भान्छाघर र शौचालय सहितको भवन निर्माण जिम्मा पाएको कम्पनी बिरुवा के एण्ड जेजे भी जुगल १ सिन्धुपाल्चोकले प्रहरी चौकी कल्याणपुर र प्रहरी चौकी सोमेश्वरको निर्माण गरेको भवन साढे दुई तलाको रहेका छन । नव निर्मित भवनको भुइ तल्लामा कार्यालय प्रयोजका लागि २ वटा कोठाहरु र शौचालय, २ वटा महिला तथा पुरुष हिरासत कक्ष रहेका छन । पहिलो तलामा एक वटा जुनियर प्रहरी अधिकृत आवास, पुरुष तथा महिला जनशक्तिका लागि दुई वटा ब्यारेक र सवैभन्दा माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुख निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दुइ वटै प्रहरी चौकीको उद्घाटन गर्दै चालु आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी चौकीका भवन निर्माण गरिने बताए । योजना अनुसार माडीमा सम्पन्न दुई भवन सहित हालसम्म ३४ वटा निर्माण सम्पन्न भएको र वाँकी १२ वटा निर्माण कार्य जारी रहेको बताए । थप २१ वटा प्रहरी कार्यालयका विभिन्न संरचना निर्माण गर्न मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनमा पाँच वटा भवन निर्माणको योजना रहेको र त्यसै मध्ये माडीमा सम्पन्न भएको जानकारी दिए ।

उनले माडीमा प्रहरी चौकी निर्माणले राम सीताको मुर्ति संरक्षणसँगै माडीमा आउने पर्यटकहरुलाई सुरक्षित महसुस गराउन यसले सहयोग पुग्ने बताए । साथै भवनका लागि आवश्यक फर्निचर, कम्पाउण्डीङ लगायतका कार्यमा स्थानीय तहले सहयोग गरिदिन उनले आग्रह गरे।

कार्यक्रममा जनप्रतिनिधिहरु, माडी नगरपालिकाका प्रमुख प्रशासीयक अधिकृत पुष्पराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका सुरक्षा शाखा प्रमुख ज्ञानदीप राई, बागमति प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, लगायत स्थानीयको सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : वैशाख ६, २०७८, सोमवार १४:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८