• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आईतवार मात्रै ११२ वालवालिका संक्रमित

  • खवरदाता

आईतवार मात्रै ११२ वालवालिका संक्रमित

वैशाख ५,२०७७

चितवन । कोरोना संक्रमण तिब्रगतिमा उकालो लागिरहेको नेपालमा आज आईतवार ११२ वालवालिकामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सवास्थ्य मन्त्रालयले जनाए अनुसार पिसिआर परिक्षण गर्दा १९ वर्ष सम्मका ११२ जनामा संक्रमण देखिएको हो । जसमध्ये ९ वर्ष सम्मका २१ जना रहेका छन् । यो संख्या शनिवार ८९ जनामा सिमित थियो ।

त्यस्तै २० देखि २९ वर्ष सम्मका २२२, ३० देखि ३९ वर्षका २६६, ४० देखि ४९ वर्षका १७७ र ५० देखि ५९ वर्ष भित्रका १३३ जनामा संक्रमण पुष्टि भएको हो । ६० देखि ६९ वर्षका ६० जना, ७० देखि ७९ वर्षका २५ जना, ८० देखि ८९ वर्षका १४ जना, ९० देखि १०० वर्षका ३ र अन्य ३ जना गरि १०१५ जनामा आईतवार संक्रमण पुष्टि भएको छ । आजै थप ८१ जना एन्टिजेन परिक्षणमा पोजेटिभ देखिँदा थपिनेको कुल संख्या १०९६ पुगेको हो ।

हाल देशभर ६ हजार २९० संक्रिय संक्रमित छन् । ५७६ जना संस्थागत आईसोलेशनमा छन् भने आई सि युमा ११६ र भेन्टिलेटरमा ४६ जनाको उपचार भईरहेको छ ।

  • प्रकाशित मिति : वैशाख ५, २०७८, आइतवार १२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८