• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एकैदिन १ हजार बढी संक्रमित थपिए

  • खवरदाता

एकैदिन १ हजार बढी संक्रमित थपिए

वैशाख ५,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज २६२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय रहेको छ । यो ९६।७ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देश भर ५ हजार ८४ जनाको पिसिआर परिक्षण गर्दा १०१५ र ६ सय ९९ जनाको एन्टिजेन परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये उपत्यका भित्रका ३३५ र चितवनका ८ जना रहेका छन् ।

आज थप ८ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २९० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८५ छ ।
हालसम्म नेपालमा १९ लाख १० हजार २०९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।

  • प्रकाशित मिति : वैशाख ५, २०७८, आइतवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८