अपडेट : दाउन्ने दुर्घटनाका ३ घाइतेको मृत्यु

  • खबरदाता
  • बैशाख ०५, २०७८

बैशाख ५,२०७८

पुर्बपश्चिम् राजमार्ग अन्यर्गत पूर्वी नवलपरासीको दाउन्नेमा भएको यात्रु बहाक बस दुर्घटना हुँदा घाइते मध्ये ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामकि २५ वर्षिया धनु दर्लामी , मकवानपुर बकैया (५ घर भइ हाल विनयी त्रिबेणि गाउँपालिका (२ स्थित गुम्बामा बस्ने ५७ वर्षिया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर (२५ बस्ने ७२ वर्षिया हिमलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरली जनाएको छ ।

सनिवार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा ना ५ ख ७०० नम्बरको यात्रु बहाक बस अयिन्त्रित भइ सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइतेमध्ये १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको प्रहरीले उद्धार गरेर उपचारका लागि नवलपुर र चितवन भरतपुरका अस्पताल पठाइएको थियो। जस मध्ये ३ जनाको मृत्यु भएको हो। अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८