बैशाख ५,२०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।
अधिल्लो दिन शुक्रबार मात्रै प्रदेशसमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । उनले एमालेका सांसद नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन।
उनीहरू तिनैजनाले शुक्रबार ुफ्लोर क्रसु गरेर मुख्यमन्त्री शाहीलाको पक्षमा मतदान गरेका थिए । शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।
यस्तै शाहीले काङ्ग्रेस सभासदलाई मन्त्री बनाउने बारेमा छलफल चलाइरहे कान।
केन्द्रिय सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाइ सहयोग गरेको भन्दै मावोबादीका रामबहादुर थापा , टोपबहादुर रायमाझी लगायतलाई मन्त्री बनाएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८