दाउन्नेमा बस दुर्घटना, ३१ घाईते ५ गम्भीर

  • खबरदाता
  • बैशाख ०४, २०७८

बैशाख ४,२०७८

पुर्बपश्चिम् राजमार्ग अन्यर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् ।घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा ना ५ ख ७०० नम्बरको यात्रु बहाक बस अयिन्त्रित भइ सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश मल्ल सहितको टोलि, दाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गम्भिर घाईतेलाई उद्धार गरि अस्पताल पठाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको प्रहरीले उद्धार गरेर उपचारका लागि नवलपुर र चितवन भरतपुरका अस्पताल पठाइएको छ । २ जना बिरामीलाई चितवन मेडिकल कलेज भरतपुर लगिएको, २१ जनाको जिल्ला अस्पताल नवलपुर र ८ जनाको अरुणखोला र कावासोतीको अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार साँझ करीब ६ बजेतिर दुर्घटना भएको हो । दाउन्नेको सडक जीर्ण भएका कारण उद्धारमा केहि कठिनाई भएको जनाईएको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:बैशाख ०४, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८