• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

 सर्वदलीय बैठक बोलाउँदै एमसीसीबारे गुनासो  पोख्दै प्रधानमन्त्री 

  • खबरदाता

 सर्वदलीय बैठक बोलाउँदै एमसीसीबारे गुनासो  पोख्दै प्रधानमन्त्री 

बैशाख ४,२०७७

सनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्बदलिय बैठक बोलाए। उनले बैठकमा खास त तीन कुरालाई छलफलमा जोड दिए। कोभीड, रिक्त स्थानको उपनिर्बाचन र मसीसी । यी मध्ये मुख्यचै एमसीसीनै रह्यो ।

उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍बबाट एमसीसी पारित गर्न नदिएको गुनासो गरे। बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसदमा काम हुन नसकेको बताए। एमसीसीलगायतका विषयमा सभामुख सापकोटाले संसदमा काम गर्न नदिएको उनको आरोप थियो।

यससँगै सवैदलीय बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न सबै दललाई आग्रह गरेका छन्। बैठकमा सहभागी सबै दलका नेतासँग प्रधानमन्त्रीले यश सम्बन्धि ओलीले मागेका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी भएनन्। त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित रहे।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता डा। लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका थिए।

  • प्रकाशित मिति : वैशाख ४, २०७८, शनिवार ०८:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८