चेन्नाइद्वारा पन्जाब पराजित

  • खबरदाता
  • बैशाख ०४, २०७८

बैशाख ४,२०७८

आइपिएलको शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सले पन्जाब किङलाई ६ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १०७ रनको झीनो लक्ष्य चेन्नाइले १५.४ ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको हो । चेन्नाइलाई जित दिलाउने क्रममा फाफ डु प्लेसिसले ३६ तथा मोइन अलीले ४६ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेटको क्षतीमा १०६ रन जोड्न सफल भयो । पन्जाबका लागि साहरुख खानले सर्वाधिक ४७ रन जोडे । पन्जाबलाई कम योगफलमा सीमित गर्ने क्रममा दीपक चहारले ४ ओभरमा १३ रन खर्चिँदै ४ विकेट लिए ।

  • खबरदाता
  • प्रकाशित मिति:बैशाख ०४, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८