• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

नेविसंघ नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग

  • खबरदाता

नेविसंघ नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग

बैशाख ४,२०७८

चितवन । नेपाली काँग्रेस चितवनले नेपाल विद्यार्थी संघका नेताहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाहीको माग गरेको छ ।

शुक्रबार विहान करिव ११ बजेतिर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत नेविसंघ इकाई अध्यक्ष दिपेश वानिया, खेम उपाध्याय, हिमाल आचार्य र सोनाम लामा लगायतका विद्यार्थी नेताहरुमाथि आक्रमण भएको जिल्ला सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

छात्रावासमा प्रवेश गरी शिव वस्नेत, विवेक भट्टचन लगायतका २०,२५ जनाको हतियार धारी जत्थाले सांघातिक हमला गरेको र उनीहरु माथि कारवाही हुनुपर्ने माग गरिएको छ । विश्व विद्यालयलाई वैचारिक राजनीतिक थलोको रुपमा विकास गर्नुपर्नेमा भौतिक आक्रमण गर्ने र विश्वविद्यालयलाई रणभूमिमा रुपान्तरण गर्ने जंगली शैली भएको विज्ञप्तीमा भनिएको छ ।

घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारवाहीको लागि सम्वन्धित निकायसँग माग गरिएको हो । घटनाको नेपाली काँग्रेस केन्द्रीय कार्यालय र नेविसंघ केन्द्रले समेत विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन भनिएको छ ।

यसैविच घटनाको विरोधमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयले पनि विज्ञप्ती निकालेर विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

  • प्रकाशित मिति : वैशाख ४, २०७८, शनिवार ०१:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८