पत्रकार महासंघ चितवनको पदभार ग्रहण

  • खबरदाता
  • बैशाख ०३, २०७८

बैशाख ३,२०७८
चितवन । नेपाल पत्रकार महासंघ चितवनका नबनिर्बाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन।

शुक्रबार महासंघ सभाहलमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरेका थिए ।

घोषणा पश्चात् निवर्तमान अध्यक्ष राधेश्याम खतीवडाले नव निर्वाचित अध्यक्ष नारायण अधिकारीलाई आफू बसेको कुर्चीमा आशन ग्रहण गराउदै पदभार ग्रहण गराए । कार्यक्रममा बोल्दै महासंघका नव निर्वाचित अध्यक्ष अधिकारीले महासंघलाई सवै पत्रकारहरुको साझा आस्थाको केन्द्र बनाउदै श्रमजीवीको पक्षमा सधैँ लड्ने प्रतिवद्धता व्यक्त गरे।

गत चैत २५ गते सम्पन्न १२ औँ अधिवेशनले अध्यक्षमा अधिकारी उपाध्यक्षमा प्रकाश मणि ज्ञवाली, उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सह–सचिवमा उर्गेन तामाङ, सह–सचिव खुल्लामा आनन्द पोख्रेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य बिजयी भएका थिए ।

यस्तै महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल, सदस्यहरुमा तुलमान गुरुङ, वसन्त ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, वविलाल तामाङ, समीक्षा पुरी र ज्ञानेन्द्र तामाङ निर्वाचित भएका थियो । सरिता महतो शाह र भूपराज पाठक भने निर्विरोध निर्वाचित भएका थिए ।

अधिकारीले प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए भने उहाँका प्रतिद्वन्द्वी तिलक रिमालले प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धनबाट अध्यक्षको उम्मेदवार दिएका थिए । कार्यक्रममा महासंघमा योगदान दिनेहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

  • खबरदाता
  • प्रकाशित मिति:बैशाख ०३, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८