• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बंगलोरको लगातार दोस्रो जित

  • खबरदाता

बंगलोरको लगातार दोस्रो जित

बैशाख २,२०७८

रोयल च्यालेन्जर बंगलोरले यस सिजनको आइपिएलमा लगातार दोस्रो जित हात पारो छ । बुधवार भएको खेलमा बंगलोरले सनराइजर्स हैदरवादलाई ६ रनले हरायो । १५० रनको लक्ष्य पाएको हैदराबाद ९ विकेट गुमाउँदै १४३ रनमा सीमित भएको थियो । हैदरावादका लागि डेभिड वार्नरले ५४ तथा मनीष पाण्डेले ३८ रन जोड्नु बाहेक अन्यले उल्लेखनिय योगदान गर्न सकेनन् ।

बंगलोरका सहबाज अहमदले २ ओभरमा ७ विकेट खर्चिँदै तिन विकेट लिए । मोहम्मद सिराजले ४ ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले ८ विकेटको क्षतीमा १४९ रन जोडेको थियो । बंगलोका लागि म्यान अफ द म्याच समेत घोषित ग्लेन म्याक्सवेलले ५९ तथा विराट कोहलीले ३३ रन जोडेका थिए । हैदरावादका जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर तिन विकेट लिए ।

  • प्रकाशित मिति : वैशाख २, २०७८, बिहीवार ०१:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८