• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनका सात स्थानमा जनगणना कार्यालय

  • केपी शर्मा

चितवनका सात स्थानमा जनगणना कार्यालय

बैशाख १,२०७८

चितवन । चितवनमा नयाँ बर्षको पहिलो दिनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धि तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए।

उनका अनुसार भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर १० को तथ्यांक कार्यालयमा, भरतपुर ६ को गितानगरमा र भरतपुर २० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाको भवनमा, राप्ती र खैरहनी नगरपालिका हेर्ने गरि राप्ती नगरपालिकाको भवनमा, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका हेर्ने गरि कालिका नगरपालिकाको रेडक्रस ग्राममा स्थापना गरिएको हो ।

सार्वजनिक बिदा भएपनि केन्द्रको तालिका अनुसार आज कार्यालय स्थापना गरिएको र यी कार्यालयबाट बैशाख १ देखि अषाढ मसान्तसम्म ३ महिनाका लागि मात्रै यहाँबाट काम हुने छ । यसरी स्थापना गरिएको कार्यालयका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ ।

भरतपुर १० का लागि तथ्याङ्क कार्यालय चितवनका सुपरिवेक्षक अर्जुन अधिकारी, भरतपुर ६ गितानगरमा ईन्द्र बिलास कोइराला र भरतपुर २० मा भरतपुर महानगरपालिकाका तथ्यांक अधिकृत धुर्ब अधिकारीलाई खटाइएको छ । यस्तै रत्ननगरमा मेडिकल रेकर्डर अधिकृत नारायण प्रसाद रिजाल, कालिकामा अधिकृत रबिन्द्र देवकोटा , माडी नगरपालिकाको बसन्तपुरमा अधिकृत किरण बि। क र राप्ती नगरपालिकाका अधिकृत मुक्ति शर्मालाई ३ महिनाका लागी स्थानीय जनगणना अधिकारी तोकिएको भण्डारीले जानकारी दिए।
७ जना स्थानीय जनगणना अधिकारीकाई कार्यदेश सहित कार्यछेत्रमा पठाइए सकिएको छ ।

अब तालिका बमोजिम स्थानीय जनगणना समन्वय समितिको बैठक बस्ने र स्थानीय स्तरमा सरोकारवालाहरुसंग सचेतना गोष्ठी संचालन गरिने भण्डारीले बताए ।

  • प्रकाशित मिति : वैशाख १, २०७८, बुधवार १२:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८