• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कलकत्ता माथि मुम्बईको नाटकीय जित

  • खबरदाता

कलकत्ता माथि मुम्बईको नाटकीय जित

बैशाख १,२०७८

मुम्बई इन्डियनले इन्डियन प्रीमीयर लिगको बुधवार भएको खेलमा खेलमा कलकत्ता नाइट राइडर्सलाई नाटकिय रुपमा १० रनले पराजित गरेको छ ।

१५३ रनको सामान्य लक्ष्य पाएको कलकत्ता कुनै समय सुभमन गील र नितिस रानाले ७२ रनको साझेदारी गरे पछि कलकत्ता जित तर्फ अग्रसर देखिए पनि राहुल चाहरले ४ ओभरमा २७ रन खर्चिँदै ४ विकेट लिए पछि कलकत्ताको पारी सात विकेटको क्षतीमा १४२ रन जोड्दै पुरा भयो । गील ३३ तथा राना ५७ रनमा आउट भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतीमा १५२ रनको योगफल खडा गरेको हो । मुम्बईका सूर्य कुमार यादवले ३६ बलमा ५३ तथा कप्तान रोहित शर्माले ३२ बलमा ४३ रन जोडे ।

  • प्रकाशित मिति : वैशाख १, २०७८, बुधवार ०५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८