• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

म धम्की दिन्न, धम्की उचित पनि ठान्दिन: प्रधानमन्त्री

  • खवरदाता

म धम्की दिन्न, धम्की उचित पनि ठान्दिन: प्रधानमन्त्री

बैशाख १,२०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई धम्कीको भाषा मन नपर्ने बताएका छन् । नयाँवर्ष २०७८ को उपलक्ष्यमा देशबासीका नाममा सञ्चार माध्ययमबाट सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

देश लामो समयदेखि विषम परिस्थीतीमा ग्रुजिरहेको अवस्थामा सम्पुर्ण देशवासीले यसलाई सामना गर्नुपरेको उनले बताए । अहिलेपनि तुरुन्तै परिस्थिती सहजहुने अवस्था नरहेको उनको भनाई थियो ।

केहिदिन अघि आफुले गरेको सम्बोधनलाई सरकारले लकडाउन गर्छ भन्ने धम्की दिएको समाचार आएको प्रसङ्ग उल्लेखगर्दै उनले भने ‘म धम्कीपनि दिन्न, कसैले धम्की दिएको उचित पनि ठान्दिन ।’

गएको वर्ष सरकारले उल्लेख्य काम गरेको उनले बताए । प्रतिदिन साढे ५ किलो मिटर सडक निमार्ण भै रहेको उनको भनाई थियो । सरकारले सडक निमार्णलाई थामी नसक्नु बनाएको उल्लेखगर्दै पुष्पलाल, मदन भण्डारी राजमार्ग द्रुत गतिमा निमार्ण भैरहेको बताए ।

निकुञ्ज बाहेकका ठाँउमा बाहेक पुर्ण रुपमा तयारी भैसकेको छ । सदरमुकाम जोड्ने र ४÷६ लेनका उत्तर दक्षिण जोड्ने बाटाहरुपनि प्रसस्त बनिसकेको उनको जिकिर थियो । यस्तै प्रतिदिन १२ ओटाका दरले आवास निमार्ण भएको र लुम्विनी, पोखरा लगायतका ठाँउमा हजारौं क्षमता भएका सभाहलपनि सरकारले निमाणर्् गरिरहेको उनले बताए ।

सामाजिक सुरक्षा भत्ता मासिक १ सयबाट प्रतिदिन १ सयमा पुराएको उल्लेखगर्दै अव यो प्रतिदिन १ सय ५० भन्दा बढी पुराईने उनले बताए । अहिले ५ लाख हाराहारीले सामाजिक सुरक्षा भत्ता पाईरहेकोपनि उनको भनाई थियो ।

मेलम्चीको पानी काठमाण्डौका धारामा ल्याउनुलाई सामान्य नआक्न उनले सुझाए । उनले भने ‘मेलम्चीको पानी ल्याउँदा कसलाई जसदिने भन्ने बारेमा बहस उठेको थियो । तर हामीलाई जस होईन काम चाहिएको छ । सरकार जसलिने होडबाजीमा छैन ।

आजबाट शुरु भएको वर्ष २०७८ मा पनि विकास निमाणका  काममा सरकार त्यत्तिकै द्रुतगतिमा लागिरहने उनले बताए ।

  • प्रकाशित मिति : वैशाख १, २०७८, बुधवार ०३:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८