• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लायन्स क्लब इन्टरनेसनलको गभर्नरमा भट्ट


लायन्स क्लब इन्टरनेसनलको गभर्नरमा भट्ट

चैत्र ३०,२०७७-  केपी शर्मा

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बिटु नेपालको डिष्ट्रिक्ट गभर्नरमा चितवनका लायन राम प्रसाद भट्ट निर्वाचित भएका छन् ।

आइतबार हेटौंडामा सम्पन्न भएको नवौं अधिबेशनबाट बर्ष २०२१/२२ का लागि गभर्नरमा भट्ट सर्बसम्मत निर्बाचित भएका हुन ।

त्यस्तै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा धनगढीका लायन सिबि चन्द निर्बाचित भएका छन भने द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरमा भैरहवाका लायन नवराज न्यौपाने निर्वाचित भएका हुन । द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरमा बुटवलका लायन उमंग देवकोटा र न्यौपाने बीच प्रतिस्पर्धा देखिएपनि अन्तिममा देबकोटाले न्यौपानेलाई समर्थन गरेका थिए।

आइ डि इन्डोर्सीमा सर्बसम्मत रुपमा लायन रमेश कुमार अग्रवाल चयन भएका छन । यस्तै डिष्ट्रिक्ट सचिबमा लायन प्रभाकर पण्डित, कोषाध्यक्षमा नारायण प्रसाद शर्मा, प्रमुख सल्लाहकारमा लायन उमङ्ग देवकोटालाई चयन गरिएको छ ।

डिष्ट्रिक्टमा रहेका सात ओटा एरिया मध्येका प्रमुखहरुमा एरिया १ बाट तारामान धामी, २ बाट बाशु तिमिल्सिना, ३ बाट बालगोपाल चुके, ४ बाट जीवन गौतम, ५ बाट टेकेन कडेल, ६ बाट होमनाथ अधिकारी र एरिया ७ बाट राजेशभाट रहेका छन् ।

सबै पदाधिकारीहरुको कार्यकाल एक बर्षको रहने छ । नयाँ कार्यसमितिले आउँदो जुलाईबाट जुन सम्म डिष्ट्रिक्ट ३२५ बिटुलाई हाक्ने छ ।

  • प्रकाशित मिति : चैत ३०, २०७७, सोमवार ०५:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८